Banner News

गौचनको हत्याको जिम्मा ‘गुण्डा’ समुहले लियो



काठमाडौ२४ असोज। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा गुण्डा समुहले लिएको छ । ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले हत्या आफुले गरेको प्रहरीलाई टेलिफोन गरेर लिएको हो । काठमाडौंका एक प्रहरी अधिकृतलाई नम्बर नखेखिने फोनबाट फोन गर्दै मनोज पुन समूहले घटना आफुले गराएको र चन्दा माग्दा नदिदा गोली हानिएको बताएको छ ।

प्रहरी स्रोतका अनुसार फोन गर्ने व्यक्तिले आफू त्यस समूहको सदस्य भएको दाबी गरेका थिए । मनोज पुन समूहले गएको वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या गरेको थियो । पुन भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

रुपन्देशी घटनापछि त्यो समुहले अब काठमाडौ।मा प्रवेश गर्ने बताएको थियो । प्रहरीले संलग्न भएको आरोपमा तीन जनालाई पेस्तोल र तीन राउण्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी एसएस्पी प्रमुख रविन्द्र धानुकले गोली हानिएको आधाघण्टाभित्र तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका दिलिप लामा, छिरिङ तामाङ, सञ्जय तामाङ छन् । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको पुष्टि भइसकेको छैन ।