कैलाली, २७ असोज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा),‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा लेखिएका थुप्रै संकेत भेटिन्छन् ।
ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् । अझ कतिपय टोपीमा भेडाको तिन्नसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौदेखि प्रयोग गर्दै आएका छन् ।
उनीहरुलाई यस बारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ । संगठनको तल्लो तहका जवान मात्रै हैन, प्रहरी अधिकृतले लगाएको टोपीमासमेत यस्ता संकेत भेटिएका छन् । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्