सम्पादकीय

नेपालका पाँच चिकित्सक बौैद्धिक चोरीको आरोपमा कालोसूचीमा



काठमाडौं, २८ असोज । नेपाल पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् ।

जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी।थानपरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । यस्तै भारतीय चिकित्सकमा भी।रोहिल छन् ।

उनीहरुले काठमाडौंस्थित ओम अस्पतालका चिकित्सकहरु डा. भोला रिजाल, डा.भरत झा, डा.आर श्रेष्ठको शोधपत्रको हुबहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए । नागरिकमा समाचार छ ।