शैक्षिक

प्रविधिको चुनौतीलाई सामना गर्न नसक्ने भन्दै सामसुङ प्रमुखले दिए राजिनामा



एजेन्सी, २८ असोज । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिनुभएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताएका छन।

पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उहनको भनाइ छ । उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ ।

दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ । सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उहाँको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् ।