सम्पादकीय

बाबुराम वाम गठबन्धन बाहिर, आँखा चुनाव चिह्नबाटै निर्वाचन लड्ने



काठमाडौं, २८ असोज । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन फुटेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्दै निर्वाचनपश्चात पार्टी एकीकरणकोसमेत सहमति भए पनि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरएको छ ।

नयाँ शक्ति सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएको हो । शुक्रबार नयाँ शक्तिको संघीय सचिवालयको बैठकले गठबन्धन छोड्ने निर्णय गरेको छ । बैठकले आँखा चुनाव चिह्नबाटै निर्वाचनमा सहभागी हुने निर्णय गर्दै केही उम्मेदवारकोसमेत टुंगो लगाएको नयाँ शक्तिका नेता केशव दाहालले बताए । राजधानीमा समाचार छ ।