काठमाडौ २८ असोज । नयाँ बानेश्वर स्थित संसद भवनमा शनिबार आज नेपालका सबै पार्टीका सांसद र नेताहरुको जमघट भयो । सबैले एकै ठाउँ बसेर मनका कुरा खोलेर दिन पनि थियो आज । प्रायः सांसदहरुले प्रमुख तिन दललाई नै समस्याको जड भएको आरोप लगाए भने सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरुले पनि एक अर्कालाई भन्नु बाँकि राखेनन् ।
यस्तै प्रमुख विपक्षी दल नेकपा एमाले नेता तथा अध्यक्ष केपी शर्मा ओलीले रोष्टमबाटै प्रधानमन्त्रीकै अगाडी मन्त्रीहरुको जोड कति गरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । देउवालाई मन्त्री थपघट गर्न कि देशको गतिरोध अन्त्य गर्न मन्त्री बनको भनेर रोष्टमबाटै झस्काएका छन् । देशले यति धेरै मन्त्री धान्न नसक्ने भन्दै ओलीले अझै समय बाँकी हुनाले प्रस्तावित मन्त्रीहरुको नाम फिर्ता लिन पनि आग्रह गरका छन् ।
संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले मन्त्रिपरिषद् विस्तारको विरोध गरे । काम चलाउ भइसकेको वर्तमान सरकारको एक मात्र काम तोकिएकै समयमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउनु भएको भन्दै ओलीले भने, ‘गृह, अर्थसहित २र३ मन्त्री भए पुग्छ । सुनिँदैछ मन्त्री ७० भन्दा ६ कम पुग्दैछ ।’
सरकारको चर्को आलोचना गर्दै ओलीले यसमा प्रतिपक्षको गम्भीर आपत्ति रहेको बताए । सरकार कानुनभित्र बस्नु पर्ने भन्दै उनले भने, ‘यो निर्वाचन आयोगको निर्णय विपरित हो । फेरि सपथ गराउन कसरी जाँदै हुनुहुुन्छ तपाई ?
कुस्ती खेल्ने मन भए जनता सामु जानुस्,विनाविभागीय अर्थात काम नभएको मन्त्रीको प्रस्ताव गर्नु नाजायज भएको उनको भनाई थियो । साथै ओलीले घुमाउरो पारामा भने “युरोपतिर यस्तो हुँदा सेम अर्थात लाज लाग्यो । ”
केही समय अगाडी प्रधानमन्त्रीले राष्ट्रसंघ महासभामा जाँदा अमेरिकाको एक विश्वविद्यालयमा भएको कार्यक्रममा संविधान अनुसार ६० जना मन्त्री बनाउन पाइन्छ भनेको स्मरण गर्दै ओलीले भने, ‘प्रतिशतको हिसाव बुझाइदिने कोही छैन कांग्रेसमा ?
शनिबारबाट संसद अधिवेशन अन्त्य हुँदै गरेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना नै नरहेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीलाई प्रश्न गरे, ५६ मन्त्रीले पुगेन रु मन्त्रीकै जुलुस गर्नु हुन्छ ?
उनले राप्रपाका नेताहरुमाथि चुनाव जितिन्छ कि जितिँदैन, समानुपातिकमा परिने हो कि होइन, त्यसैले अहिले खाइहालौं भन्दै मन्त्री हुन लागेको हो भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्