काठमाडौं, २९ असोज । गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् ।
एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार पक्राउ परेका हुन् ।
पक्राउ थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन् । जापानको एक विद्यालयको शाखा नेपालमा खोल्ने प्रलोभन दिएर ७ करोड रुपैयाँ ठगी गरेको जापानी प्रोफेसरको उजुरी आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई पक्राउ गरेको हो ।
परिसारका एसएपी रवीन्द्र धानुकका अनुसार उनलाई ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिइ अनसन्धान भइरहेको छ । नागिरकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्