सम्पादकीय

म्यादी प्रहरीका लागि मात्र पाँच अर्ब खर्च लाग्ने



काठमाडौं, २९ असोज । आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

निर्वाचन दुई चरणमा हुने भन्दै सुरक्षा निकायले करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई महिनाका लागि एक जना म्यादी प्रहरी भर्ना गर्दा त्यसको खर्च कम्तीमा पनि ५० हजार रुपैयाँ लाग्छ । उनले आगामी निर्वाचनमा करिब एक लाखजना म्यादी प्रहरी भर्ना गर्न सकमति दिइएको र यसको खर्च पाँच अर्ब रुपैयाँ लाग्ने जानकारी दिए । नागरिकमा समाचार छ ।