शैक्षिक

काठमाडौं–नौबिसे सुरुङमार्गको निर्माण यसै वर्षबाटः पलाँसे–साँगाको प्रक्रिया अघि बढ्दै



काठमाडौ,२९असोज। नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माण यसै आर्थिक वर्षबाट सुरु हुने भएको छ ।

यसका लागि आगामी डिसेम्बर–जनवरीमा ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ ।

सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । बाँकी विषय सल्टाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको टोली अहिले जापानमा छ ।

सडक विभागका महानिर्देशक समेत संलग्न यो टोलीले जापान सरकारसँग छलफल गरेर यो परियोजनाका लागि टेण्डर गर्नेसहित प्राविधिक विषय टुङ्ग्याउनेछ । त्यसका आधारमा डिसेम्बरसम्म ठेक्का आह्वान गर्ने योजना रहेको विभागका निमित्त महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिएका छन्।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिएको हो ।

त्यसरी नै अरनिको हाईवेको भक्तपुरको पलाँसे–सागाको नासिका सडक खण्डमा पनि सुरुङमार्ग निर्माण हुने भएको छ । पलासे–साँगाकाृ प्रस्ताबित सुरङमार्ग निर्माणको विषयमा हिलो सम्बन्धीत सरकारी निकायका कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुबीच काभ्रेको साँगामा छलफल भएको थियो । छलफलमा सरकारी निकायका ईन्जिनियरहरुले सुरङमार्गको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा उनीहरुले सुरुङमार्गको प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।