सम्पादकीय

खाद्य सुरक्षामा नेपाल दक्षिण एसियामै सबल



काठमाडौं, ३० असोज । भूकम्प, नाकाबन्दी र डुवान तथा बाढीपहिरोको समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ । विश्व खाद्य सुरक्षा दिवसको पूर्वसन्ध्यामा सार्वजनिक ‘विश्व भोकमरी सूचकांक (जीएचआई) २०१७’ प्रतिबेदन अनुसार विश्वका ११९ मुलुकमध्ये नेपालको स्थान ७२ आँैमा छ ।

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफरी), कन्सर्न वल्डवाइड र वल्र्ड हंगर हेल्प संस्थाले विश्वभर भोकमरीको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ ।

दक्षिण एसियाली मुलुकमा भोकमरीको अवस्था सबैभन्दा धेरै आफगानिस्तान (१०७) र पाकिस्तान (१०६)मा नाजुक छ । कारोबारमा समाचार छ ।