सम्पादकीय

कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो



काठमाडौं, ३० असोज । कतारमा रहेका युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपाली सहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित, फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् ।

कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र (भिसा) नविकरण गरेका छैन । पीडितहरुले तलबसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाईदि वा अर्को कम्पनीमा काम गर्नाका लागि ‘रिलज’ दिलाईदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ । कान्तिपुरमा समाचार छ ।