सम्पादकीय

संघीय संसद् पनि भाडाकै घरमा



काठमाडौं, ३० असोज । संविधान जारी गरी कार्यान्वयनको महत्वपूर्ण चरण पार गरेको नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रको भाडाको भवनमै संघीय संसद् र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।

आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभाको बैठक पनि सोही भवनमा सञ्चालनको तयारी सुरु भएको छ ।

सरकारले प्रदेशसभाको बैठक बस्ने स्थान, भवन र प्रदेशप्रमुख यकिन गर्न नसके पनि व्यवस्थापिका संसदको बैठक सम्मेलन केन्द्रको भाडाकै भावनबाट सञ्चालनको तयारी थालेको हो ।

संसदको छुट्टै भवन बन्न नसक्दा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बस्ने भएको हो । राजधानीमा समाचार छ ।