काठमाडौं, ३० असोज । सरकाले राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई आवश्यक कर्मचारी उपलब्ध नगराउँदा झन्डै साढे नौ लाख भूकम्पपीडितले अझैसम्म पनि आवास बनाउन सकेका छैनन् । प्राधिकरणका सहप्रवक्ता डा। भीष्म भुषालले ७० प्रतिशत कर्मचारीको अभाव हुँदा सोचेजस्तो काम हुन नसकेको बताए ।
‘प्राधिकरणलाई आठ सय ६७ कर्मचारी आवश्यक पर्नेमा अहिले दुई सय ५५ कर्मचारी मात्रै कार्यरत छन्, ६ सय १२ कर्मचारीको अभाव छ । यसको असर पुननिर्माणमा परेको छ, तर सरकारको प्राथमिकतामा कर्मचारी नियुक्ति परेकै छै,’ उनले भने । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्