सम्पादकीय

आमाको काखबाटै अपहरित सात महिने नाबालक यसरी बेचिए



काठमाडौँ, ३० असोज । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरातमा अपहरित भए । आमाको दुधको भरमा बाँच्ने शुभम्लार्इ अपहरणकारीले रातारात अर्को जिल्लामा पुर्याए ।

प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका शुभम् आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधीको पञ्जामा परेका शुभम् आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम् निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि आमासँग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन् ।

धनुषाको कमला नगरपालिका- ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा छिमेकीले अपहरणमा परेका थिए ।

घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसँग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए ।

राति करिब १२ बजे आँख खुल्दा सुनिताले सँगै सुतेको छोरा हराएको थाहा पाइन् । खोजतलास गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा गराइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।