सम्पादकीय

तीर्थ खनियाँलाई उपकुलपतिबाट हटाउनुपर्ने डा.केसीको माग



काठमाडौं, १ कात्तिक । डा.गोविन्द केसी र सरकार पक्षबीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गनुपर्ने मागमा गएर अड्किएको छ ।

चिकित्सा शिक्षा सुधार माग राखेर डा।केसी पछिल्लोपटक १३ दिनदेखि आमरण अनशनमा छन् । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने, फिर्ता लिने, चिकिन्साशास्त्र अध्ययन संस्थान ९आइओएम० मा निहित अधिकार कटौतिलगायत विवादमा मुछिएका खनियाँलाई पदबाट नहटाएसम्म अनशन नतोड्ने अडान केसीले राखेपछि वार्ता टुंगोमा पुग्न सकेन ।

चिकित्सा शिक्षा सुधार प्रक्रियालाई पटकपटक अवरोध गरेका कारण खनियाँलाई कारबाही गर्नुपर्ने माग केसीको छ । नागरिकमा समाचार छ ।