सम्पादकीय

रानीपोखरीको नक्सा नै गलत, पोखरीमा पानी अड्याउने योजना छैन



काठमाडौं, १ कात्तिक । साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेलापरेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एण्ड डिजाइन’ तयार गरेको थियो ।

पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए ।

‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर, पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अझै टुंगो लागेको छैन ।, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने । नयाँ पत्रिकामा समाचार छ ।