काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुंगो लगाउन सकेको छैन ।
कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६० र ४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन । चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रबीच निर्वाचन क्षेत्र बाँडफाँडमा कुरा मिल्न सकेको छैन । कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ ।
अब शिर्ष नेतासहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ । असोज १७ गते दुई पार्टीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगत्तै दुवै दल सम्मिलित कार्यदल गठन गरेर निर्वाचन क्षेत्र बाँडफाँड र घोषणापत्र कार्यदल गठन गरेको थियो ।
असोज १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँड गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन । वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएर कांग्रेससँग चुनावी तलमेल गर्ने निर्णय गरिसकेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्