सम्पादकीय

सयपत्रीको मूल्य दोब्बर, बजारमै फूलको अभाव



धनकुटा । सयपत्री फूलको उत्पादन कम भएपछि गत वर्षको भन्दा मूल्य दोब्बर भएको छ । गत वर्ष खुद्रा प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्ममा किनबेच भएको छ ।

तिहारमा पूर्वका अधिकांश ठूला सहरलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यस अपेक्षा गरेअनुसार उत्पादन हुन नसकेको गुनासो गरे । मूल्य दोब्बर भएपछि कृषक तथा विचौलियाभन्दा उपभोक्ता मारमा परेका छन् ।

दुईदेखि ४ सय ग्रामका मुठाको झन्डै सय रुपैयाँ खुद्रा मूल्यमा किनबेच भइरहेको सयपत्री फूल उत्पादक कृषक जितेन्द्र राईले बताए । तर बिचौलियाले कृषकको बारीमा पुगेर प्रतिमुठा बढीमा ५० रुपैयाँमा खरिद गर्दै आएका छन् ।

अन्य खेतीभन्दा सामान्य मेहनतले सयपत्रीबाट आम्दानी लिन थालेपछि सेउले, कागते, निगाले, मालबोसेलगायत कृषक यसको खेतीतर्फ आकर्षित हुने गरेका छन् । कान्तिपुरमा समाचार छ ।