सम्पादकीय

पाइनै छाडे मखमली



पोखरा । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मखमली जस्तै कहिल्यै नओइलिनु भन्दै दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै माला लगाइदिने चलन छ ।

तिहारमा धेरै बिक्री हुनेमध्येको फूल मखमली भने पोखराको बजारमा निकै दुर्लभ छ । सयपत्रीको खेती बढाए पनि नर्ससरी व्यवसयीको ध्यान मखमली उत्पादनमा पुगेको छैन । माला गाँस्न भन्झटिलो हुने भन्दै फूलखेती गर्ने किसान मखमली छाडेर सयपत्रीमात्रै फूलाएर बसेका छन् ।

पोखराको बजारमा मखमलीको माला नपाएपछि आफूले १० हजार खर्चेर भक्तपुरबाट झिकाएको गैह्रापाटनका पुष्पव्यवसायी सीताराम सापकोटाले बताए । कान्तिपुरमा समाचार छ ।