सम्पादकीय

हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता



भोजपुर, ६ कार्तिक । निर्वाचनमा मनोनय दर्ता गर्न नेपाली कांग्रेसका नेताहरु हेलिकोप्टर चार्टर गरी भजपुर गएका छन् मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु हेलिकप्टर चार्टर गरी भोजपुर पुगेका हुन् ।

भोजपुर विमानस्थलमा लगातार दुई दिनसम्म उडान रद्द भएपछि कांग्रेसका नेताहरु हेलिकोप्टर चार्टर गरी मनोनयन दर्ता गर्न भोजपुर पुगेका हुन् । कांग्रेसको संसदीय समितिले सुक्रबार मात्रै भोजपुरका उम्मेदवारको टुंगो लगाएको थियो ।

समितिले प्रतिनिधिसभा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायमाझीलाई उम्मेदवार बनाउने निर्णय गर्यो । प्रदेशसभा (क) मा संघीय समाजवादी फोरमका नेता अजम्बर काङमाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले प्रदेशसभा (ख) मा गोविन्द कार्कीलाई टिकट दियो । कारोबारमा समाचार छ ।