काठमाडौं । उद्योग दर्ताको प्रमाणपत्रमा उल्लेख भएअनुसार सञ्चालनमा आउन नसकेका अथवा कारोबार सुरु नगरेका उद्योगले यही पुस महिनाभित्र ‘म्याद थप’का लागि आवेदन नदिए खारेजीमा पर्ने भएका छन् ।
उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ मा भएको प्रावधानअनुसार प्रमाणपत्र अनुसार सञ्चालन नभएका उद्योगलाई अन्तिम पटकका लागि पुसभित्र आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ५२ मा उल्लेख भए अनुसार बाधा अड्काउ फुकाउन सक्ने प्रावधानअनुसार त्यस्ता उद्योगका हकमा एक पटकका लागि समय थप गरेको हो ।
सो ऐन प्रारम्भ हुनुअघि त्यस्ता उद्योगले एक महिनाअघि नै म्याद थपका लागि निवेदन दिन सक्ने व्यवस्था थियो तर औद्योगिक व्यवसाय ऐन २०७३ लागू भएपछि केही उद्योगको म्याद थपको समय सकिएको थियो ।
मन्त्रालयले अन्तिम पटक तीन महिनाको सुविधा उपलब्ध गराउँदै सो समयभित्र आवेदन नदिए उद्योग दर्ता स्वतः रद्द हुने जनाएको छ । उद्योग विभागका अनुसार म्याद थपका लागि छुटेका करिब एक हजार उद्योग रहेका छन् । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्