काठमाडौं, ९ कात्तिक । जिम्पानजी तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् ।
एक अधिकृत र दुई नायब सुब्बालाई एयरपोर्ट भन्सार कार्यालयले निलम्बन गरी छानबिन अघि बढाएको छ ।
भन्सार अधिकृत आशूतोष राई तथा नायब सुब्बाद्धय चुडामणि शर्मा र लीला पनेरुलाई भन्सार कार्यालयले अनुसन्धानका लागि निलम्बन गरेको हो । चिम्पान्जी तथा बाँदर तस्करी भएका बेला उनीहरु जाँचपासमा संलग्न थिए ।
घुस खाएर उनीहरुले तस्करीमा सहयोग गरेको आरोप लागेको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्