सम्पादकीय

पेट्रोलियम पदार्थ भारततर्फ तस्करी



वीरगञ्ज, १० कात्तिक । केहि महिना पहिले भारत तर्फबाट नेपालतिर तस्करी हुने गरेको पेट्रोलियम पदार्थ पछिल्ललो समयमा नेपालबाट भारततर्फ तस्करी भइरहेको छ ।

पेट्रोलियम पदार्थ भारततिर तस्करी भएपछि नेपाली किसानले सहजरुपमा डिजल र पेट्रोल पाउन सकेको छैन ।

नेपालमाभन्दा भारतमा पेट्रोल १९ रुपियाँ प्रतिलिटर र डिजल २७ रुपियाँ प्रतिलिटर महँगो पर्ने भएपछि नेपालतर्फबाट भारततिर पेट्रोलियम पदार्थ तस्करी हुने गरेको हो ।

भारतमा पेट्रोलियम पदार्थ महँगो भएपछि बढी मुनाफाको लोभमा पर्सा जिल्लामा रहेको पेट्रोल पम्पहरुले समेत सीमावर्ती भारतीय बजारमा डिजेल र पेट्रोल निर्यात गर्न थालेका छन् । गोरखापत्रमा समाचार छ ।