झापा १० कार्तिक। अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणलार्इ लिएर प्रदर्शनमा उत्रिएको एक जनाको प्रहरीले चलाएको गोली मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का ३० वर्षिय नरेश थापा रहेको इलाका प्रहरी कार्यालय अनारमणीका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जानकरी दिए ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर अन्य केही घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।अवस्था असामान्य बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू जारी भएको छ ।
यसैबीच आज दिउसो साँढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको प्रहरी नायव उपरीक्षक सिलवालले जानकारी दिए ।
झापा । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणलार्इ लिएर प्रदर्शनमा उत्रिएको एक जनाको प्रहरीले चलाएको गोली मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का ३० वर्षिय नरेश थापा रहेको इलाका प्रहरी कार्यालय अनारमणीका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जानकरी दिए ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर अन्य केही घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।अवस्था असामान्य बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू जारी भएको छ ।
यसैबीच आज दिउसो साँढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको प्रहरी नायव उपरीक्षक सिलवालले जानकारी दिए ।नेपाल पाटीबाट
प्रतिक्रिया दिनुहोस्