भक्तपुर, ११ कर्तिक । मिनिबस सेवा समितिले आफ्नँ गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।
समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए । समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको हो ।
नवनिर्वाचित पदाधिकारीहरुको शुक्रबार भएको पदस्थापन कार्यक्रम नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले भक्तपुरभित्रबाट गुड्ने गाडीले भक्तपुरकै सल्लाघारी सिर्जनानगरसम्मको लोकल भाडादर १० रुपैयाँ मात्रै लिने जानकारी दिएका हुन् ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्