सम्पादकीय

सवारी दुर्घटनाको मुख्य कारण तानाव



काठमाडौं, ११ कार्तिक । पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ ।

पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै ।

मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किनपुग्छ । सडकमा उभिएका ट्रफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठिक हुन्छन, त्यस्तो बेल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेतुले भने ।

‘देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् । सोध्दा एक्कासी अँध्यारो देखें भन्छन्,’ उपत्यका ट्रफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने । नागरिकमा समाचार छ ।