सम्पादकीय

दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला’



मोरङ, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ ।

मोरङ क्षेत्र नम्बर ५ को (क) बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ । अध्यक्ष दाहालले मोरङको ६ (क) बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीलाई दिइसकेका छन् ।

‘मोरङका ६ (क) बाट चाहना नराख्नु यसपालि चुप लागेर बस्नुस्’ आफ्नै पार्टीका आकांक्षीलाई दालहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो । नागरिकमा समाचार छ ।