Banner News

दक्षिणकाली को शेषनारायण मन्दिरमा भक्तजनको भीड



काठमाडौँ, १४ कात्तिक। काठमाडौँको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा भक्तजनको आज भीड लागेको छ । प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन उक्त मन्दिरमा लाग्ने मेला भर्न तथा दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट आएका सर्वसाधारण भक्तजनको घुइँचो लागेको हो ।

सो मन्दिरमा आजको दिन दर्शन गरेमा विभिन्न रोगबाट मुक्त भई पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास रहेको स्थानीयवासी दिलीप शर्माले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा आएर दर्शन गर्ने भक्तजनले व्रत बस्नेसमेत गर्छन् । प्राचीन समयमा भगवान् विष्णुले विभिन्न रुप धारण गरी उक्त मन्दिरमा आएको जनविश्वास छ ।

हिन्दू धर्मावलम्बीले विष्णुको अर्को रुपलाई नारायणसमेत भनेर आस्था प्रकट गर्ने गरेको पाइन्छ । त्यसैले मन्दिरमा नारायणको मूर्तिलाई विराजमान गराइएको छ । उक्त मन्दिर आज दर्शनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म खुुला गरिनेछ । चक्पथ डट कम बाट