Banner News

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग



कार्तिक १४,काठमाडौँ । नेकपा माओवादी केन्द्र ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन, द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उनको तत्काल रिहा गरिनुपर्छ । ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताए । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।नेपाल पाटी बाट