Banner News

अन्तत एमाले र माओवादीको सिट बाँडफाँड टुंगियो



काठमाडौं, कात्तिक १५ / नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँड टुंग्याएका छन् । दोस्रो चरणको चुनाव हुने सबै जिल्लामा भागबण्डा टुंगो लागेको नेताहरुले बताएका छन् । सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ तथा बाँकी ६ सिट राष्ट्रिय जनमोर्चा, हृदयश त्रिपाठी लगायतलाई छुट्याइएको छ ।
यसअघि पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये एमालेको भागमा ९७ र माओवादी केन्द्रको भागमा ६२ परेको छ । यस्तै प्रदेशसभातर्फ कुल ३३० सिटमध्ये एमालेको भागमा १९८ र माओवादीको भागमा १२८ छ ।
झापा, चितवन, दाङ, सल्यान र उदयपुरमा देखिएको विवाद सल्ट्याउँदै दुई दलले बाँडफाँड टुंग्याएका हुन् । चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्नुहुनेछ । त्यही क्षेत्रमा दाबी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापा काठमाडौं १० बाट उठ्ने सहमति भएको छ ।
यस्तै सल्यानमा प्रतिनिधिसभातर्फ माओवादीका टेकबहादुर बस्नेत उम्मेदवार बन्नुहुनेछ । सल्यानका दुवै प्रदेशमा भने एमालेका प्रकाश ज्वाला र गुलाबजंग शाह उठ्ने भएका छन् । ज्वालालाई प्रदेश ६ को मुख्यमन्त्रीका दावेदारका रुपमा एमालेले उठाउने भएको हो ।
दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने सहमति भएको छ । त्यही क्षेत्रमा दावी गर्दै आएका एमाले सचिव शंकर पोखरेलाई गठबन्धनका तर्फबाट प्रदेश ५ को मुख्यमन्त्री बनाउनेगरी प्रदेशसभाको उम्मेदवार बनाउने तयारी छ ।
यस्तै झापा १ मा माओवादी तथा २, ४ र ५ मा एमालेलाई दिनेगरी बाँडफाँड टुंगो लागेको छ । झापा ३ मा भने राप्रपालाई सघाउने दुई दलबिच समझदारी भएको छ । कांग्रेसले झापा ३ नछोड्ने भएपति त्यहाँ राप्रपा कांग्रेससँग असन्तुष्ट छ । कांग्रेससँग असन्तुष्टी जनाउँदै उम्मेदवारी दिन लागेका राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई वाम गठबन्धनले सघाउन लागेका हुन् ।
सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले तथा प्रदेशसभामा माओवादीको तर्फबाट उम्मेदवारी दिने सहमति छ । दैलेखमा प्रतिनिधिसभाका दुवै क्षेत्र तथा प्रदेशसभाका तीनवटा क्षेत्र एमालेले लिने टुंगो लागेको छ । प्रदेश १ को क भने माओवादीले लिनेछ