समाचार

संघ–प्रदेश निर्वाचन ४५ जिल्लामा उम्मेदवार मनोनयन आज , प्रतिनिधिसभातर्फ १२८, प्रदेशसभातर्फ २५६



काठमाडौं १६ कार्तीेक । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आगामी २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज बिहीबार मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरूप विभिन्न राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरूले आ–आप्mनो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गराउनेछन् ।

दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्पm १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्पm २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिँदै छ ।

यसअघि गत ५ कात्तिकमा पहिलो चरणको निर्वाचनअनुरूप ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्पmको उम्मेदवार मनोनयन गरिएको थियो ।

उम्मेदवार मनोनयन दर्ताका लागि आयोगले बिहान १० देखि बेलुकी ५ बजेसम्मको समय तोकेको छ । आयोगका प्रवक्ता नवराज ढकालले बेलुकी ५ बजेसम्ममा कुनै दल तथा व्यक्तिले उम्मेदवार मनोनयन दर्ता गराउन आइपुगे उम्मेदवार मनोनयन दर्ता गरिने बताए ।

दोस्रो चरणको निर्वाचनअनुरूप प्रदेश १ को इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लामा उम्मेदवार मनोनयन गरिँदै छ । यसैगरी, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मनोनयन गरिदै छ ।

प्रदेश ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा मनोनयन दर्ता गरिँदै छ । यसैगरी, प्रदेश ४ को नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ को नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दियामा पनि बिहीबार नै उम्मेदवार मनोनयन दर्ता गरिँदै छ ।

प्रदेश ६ को सल्यान, सुर्खेत र दैलेख र प्रदेश ७ को कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोडी जिल्लामा उम्मेदवार मनोनयन दर्ता गरिने आयोगका प्रवक्ता ढकालले बताए । १० मंसिरमा हुने पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनमा भने १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।आयोगका प्रवक्ता ढकालले भयरहित वातावरणमा उम्मेदवार मनोनयन दर्ताको तयारी गरिएको बताए । दुवै चरणमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि भने गत २९ असोजमै ४९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेको छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची शुक्रबार १७ कात्तिक मा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । राजधानी बाट