शैक्षिक

यादव सप्तरीबाट चुनाव लड्ने निश्चित



राजविराज १६ कार्तीक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई युद्धको संज्ञा दिँदै युद्ध जित्न नै विभाजित अवस्थामा रहेको मधेसवादी दल एकजुट भई मैदानमा उत्रेको बताएका छन् ।

सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने निश्चित भइसकेपछि बुधबार यहाँ आयोजना गरिएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मधेसको जनताका लागि यो निर्वाचन नभई युद्ध भएकाले युद्धमैदानमा विपक्षीलाई परास्त गर्न सबै एकजुट भई लाग्नुपर्छ ।’

उनले मधेसी जनताको भावना र व्यापक चाहनाबमोजिम आफू यसपल्ट सप्तरीबाट चुनाव लड्ने निर्णयमा पुगेको जानकारी गराउँदै मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको सप्तरीबाट चुनाव लड्न पाउँदा निकै गर्व महसुस भएको बताए ।

उनले मधेसको पछौटेपन हटाउन राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्ति पनि आवश्यकता भएको बताउँदै चुनावमार्फत हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा फोरम लोकतान्त्रिक सप्तरीका अध्यक्ष शैलेश चौधरीसहित १ सय १५ जना फोरम लोकतानित्रक परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । नवप्रवेशियाहरूलाई फोरम अध्यक्ष यादवले फूलमाला अबिर लगाई स्वागत गरेका थिए । राजधानीमा समाचार छ ।