समाचार

बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन



काठमाडौं १७ कार्तीक । राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ । आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले जीवनकालमै छाडेको उदाहरण छैन भन्दा पनि हुन्छ ।तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘अपवादु बन्न पुगेका छन् । उनले सबैलाई आश्चर्यचकित पार्दै यसपटक आफ्नो राजनीतिक विरासत नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । ‘अरिंगालु को गोलोझैँ भक्तपुरमा पार्टी संगठन निर्माण गरेर बिजुक्छेले एकछत्र राज गर्दै आएका थिए । ०४८ सालदेखिका हरेक निर्वाचनमा भक्तपुर १ बाट प्रतिस्पर्धीलाई निकै ‘कमजोरु सावित गराउँदै निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनले आफ्नो निर्वाचन क्षेत्रको लिगेसी हस्तान्तरण गरेका छन्, पार्टी नेता प्रेम सुवाललाई ।

उनले चाहेका भए, यसपटक पनि आफैँ उम्मेदवार बन्न सक्थे । अझ उनकै लागि भनेर वाम गठबन्धन एमाले माओवादी ले त्यहाँ कुनै उम्मेदवारी दिएका थिएनन् तर ७८ वर्षीय बिजुक्छेले यसपटक फेरि आफैँ निर्वाचनमा उठ्न चाहेनन् । नयाँ पुस्तालाई पनि शीर्ष नेताहरूले आफ्नो लिगेसी हस्तान्तरण गरेर सन्देश दिन सक्नुपर्छ । उनले त्यही सन्देश यसपटकको निर्वाचनबाट दिएका छन् ।
त्यसो त बिजुक्छेको पार्टीले भक्तपुर(२ मै पनि नयाँ पुस्तालाई अवसर दिएको छ । महिला पनि अवसर पाए सक्षम हुन सक्छन्, भन्ने अर्को सन्देश पनि उनले भक्तपुर(२ बाट दिएका छन् । त्यहाँ नेमकिपाबाट युवा पुस्ताकी सफल नेत्री अनुराधा थापा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । उनी दोस्रो संविधानसभा र रूपान्तरित संसद्की एक सफल प्रतिपक्षी सांसद पनि थिइन् ।
अझ त्यहाँ रोचक अर्को पक्ष पनि छ । नेमकिपाकी नेत्री थापाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा कांग्रेसका तर्फबाट पूर्वसभामुख दमननाथ ढुंगानाले उम्मेदवारी दिएका छन् । राजनीतिक वृत्तमा ‘बौद्धिक पर्सनालिटीु को रूपमा कहलिएका ढुंगानाको उम्मेदवारीलाई राजनीतिमा उनको ‘पुनरागमनु को अर्थमा लिन सकिन्छ ।अन्नपुर्ण पोष्ट मा समाचार छ ।