Banner News

शिर्ष नेताका बागीले उम्मेदवार फिर्ता लिँदै



। निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

ठूला दलका शीर्ष तथा चर्चित नेताहरु विरुद्व उम्मेदवारी दिएकाहरुले फिर्ता लिएका छन् । मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको १ सय २८ पदको लागि १ हजार ५ सय उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेशसभामा २ सय ५६ पदलाई २ हजार ४ सय ५० जना निर्वाचनको मैदानमा होमिएका छन् । आयोगका उम्मेदवारलाई आइतवार निर्वाचन चिन्ह प्रदान गरेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेश सभाका् लागि ४ हजार ७ सय ४७ जनाको उम्मेवारी परेको थियो । उम्मेदवारी दिएका मध्ये २ सय ५८ जनाले फिर्ता लिएका छन् । प्रतिनिधिसभा तर्फ तनहुँ १ मा गोविन्दराज जोशीसहित ४ जनाको उम्मेवारी खारेज भएको छ । प्रदेशसभाको लागि उम्मेदवारी दिएका मोरङका नरारुल मिया र लतिपुरका उद्ब सिलवालको प्रकृया नपुगेर रद्ध भएको छ । आयोगले उम्मेदवारहरुको बिवरण संकलन भइरेको जनाउँदै संख्या थपघट हुन सक्ने जनाएको छ ।