Banner News

निर्वाचन अभियानका क्रममा एमाले अध्यक्ष ओली ताप्लेजुङमा



ताप्लेजुङ , २० कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठवन्धनका पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ पुग्नुभएको छ ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभाका लागि वाम गठवन्धनका साझा उम्मेद्वारमा रुपमा प्रतिस्पर्धामा उत्रिनुभएको छ । अध्यक्ष ओलीले सदरमुकाम फुङलिङमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभालाई संवोधन गर्नुभएको छ ।

उहाँले चुनावी सभालाई संवोधनसंगै जननेता मदन भण्डारीको जन्मगाउँ ढुँगेसाघुको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, पाथीभरा मन्दिरको दर्शनसमेत गर्ने कार्यक्रम रहेको छ ।