Banner News

सरकारबाट पटक पटक आचारसंहिता उल्लंघन मतदाता प्रभवित पार्न राहत प्याकेज



काठमाडौं २० कार्तीक । सरकारले फेरि आचार संहिता उल्लंघन गरेको छ। यस अघि पनि पटक आचार संहिता उल्लंघन गद्रै मन्त्रीपरिषद् बिस्तार गरीसकेको छ ।

मतदाता प्रभावित पार्ने गरि विशेष योजना ल्याउदै सरकारले मतदाता प्रभावित पार्ने गरि बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । आचार संहिताले नीतिगत निर्णय गर्न नपाइने भएपनि मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यो निर्णयबाट वर्तमान सरकार प्रति सकारात्मक धारणा बढाउने र त्यसले कांग्रेसलाई फाइदा पुग्ने निस्कर्ष रहेको छ ।

त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना ९रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट०का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी ग्रामीण सडक स्तरोन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्ने बताए । सरकारले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ ।