समाचार

कर्मचारीको मताधिकारमा आयोग सकारात्मक



काठमाण्डौ २२ कार्तीक । आयोगका प्रवक्ता नवराज ढकालले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको बताएका छन् ।उनले अदालतको आदेशको सम्मान गर्दै आयोग अघि बढ्ने बताए । ‘अदालतको आदेशलाई आयोगले सकारात्मक रूपमा लिएको छ,’ उनले भने, ‘आयोग अदालतको आदेशको सम्मान गर्दै अघि बढ्छ ।’

अदालतले गत सोमबार मात्रै निर्वाचनमा खटिएका कर्मचारीलाई समानुपातिकतर्पm मत हाल्ने विषयमा संविधानअनुसार निर्णय गर्न आयोगलाई आदेश जारी गरेको थियो ।

‘निर्वाचन आयोगले प्रचलित निर्वाचन ऐनकानुनको आधारमै काम गर्नुपर्ने हुन्छ । हामीले यसै सन्दर्भमा सर्वोच्च अदालतको पनि आदेश प्राप्त गरेका छौं,’ ढकालले भने,‘निर्वाचन आयोगले अदालतको मर्म र भावनाअनुसार नै काम अगाडि बढाउँछ ।’

निर्वाचनमा खटिने कर्मचारीले संविधानको मर्मअनुसार निर्वाचनमा समानुपातिकतर्पm मतदान गर्न पाउनुपर्ने भन्दै महान्यायाधिवक्ताको कार्यालयका नायब सुब्बा भरतकुमार मैनालीले अदालतमा रिट हालेका थिए । प्रवक्ता ढकालले आगामी मंसिरको निर्वाचनमा निजामती कर्मचारी र सुरक्षाकर्मी गरी २ लाख १५ हजार कर्मचारी परिचालित हुने बताए ।राजधानीमा समाचार छ ।