जाजरकोट २६ कार्तीक । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले कांग्रेसकै कारण मुलुक अस्थिरततर्फ धकेलिएको आरोप लगाएका छन् ।
जाजरकोटको जुनिचांदे गाउपालिकाको सानाखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता वस्नेतले कांग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलता बढाएको बताए ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले स्थिरता र समृद्धिका लागि वाम गठबन्धनलाई बहुमत दिन आग्रह गरे ।
कांग्रेसले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएको बताए । उनले यसबाट सचेत रहन मतदाता सचेत रहनुपर्ने बताए ।
त्यस्तै नेकपा एमालेका प्रदेश सभाका साझा उम्मेदवार करबिर शाहीले देशमा औद्योगिक गतिविधिका माध्यमबाट आर्थिक रुपान्तरण, समानता, न्यायोचित वितरणका कार्य गर्न वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।रातोपाटी बाट ।
प्रतिक्रिया दिनुहोस्