सम्पादकीय

कम्युनिस्ट अधिनायकवादको कुरा गर्नु केटाकेटीपनु : सुवास नेम्वाङ



काठमाडौं २७ कार्तीक । सुनसान सिंहदरबारको दक्षिणी गेटबाट आइतबार दिउँसो एउटा भीआईपी गाडी फुत्त छिर्‍यो। गाडी एमाले संसदीय दलको कार्यालय परिसरमा पस्यो। त्यसमा सवार थिए, संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ।१० दिनपछि गृहजिल्ला इलामबाट काठमाडौं फर्केका नेम्वाङको अनुहार केही थाकेको र गलेको जस्तो देखिए पनि ‘चुनाव जित्ने’ विश्वासले जोस र जाँगरमा भने कुनै कमी थिएन।
‘राजधानीमा चुनावी माहोल कस्तो छ रु अन्नपूर्णसँग प्रतिप्रश्न गर्दै कुराकानीको सुरुवात गरेका नेम्वाङ्गले भने,‘जिल्लामा वाम वाम गठबन्धनको अवस्था राम्रो छ। गठबन्धनका विषयमा कांग्रेस शीर्ष नेताका भाषण र टिप्पणीले स्‍वयम् कांग्रेसका कार्यकर्ताले म संग नै गुनासो पोखेका छन्।’
वाम गठबन्धनको बहुमत आए देशमा अधिनायकवाद आउँछ भनेर कांग्रेसका नेताहरुको आरोप छ नि त रु भन्ने प्रश्नमा नेम्वाङले भने, ‘कांग्रेसका नेताहरु तथा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले नै यो कुरा उठाइरहनु भएको छ। अनावश्यक रुपमा प्रतिपक्षीमाथि प्रहार गर्नु सत्तापक्षको जिम्मेवारीपूर्ण काम होइन। यो कुरा ठिक भएन भनेर कांग्रेसकै कार्यकर्ताले म संग गुनासो पोखेका छन्।’
उनले हिजो कांग्रेससंग माओवादी मिलेर सरकार चलाएको प्रष्ट्याउँदै त्यही माओवादी एमालेसँग मिल्दा अधिनायकवाद आउँछ भन्ने तर्क ठिक नभएको बताए।
‘संविधानले विचार मिल्ने दलहरु एक ठाउँ उभिने, एकिकरण हुने अधिकार दिएको छ। बहुदलीय प्रतिस्पर्धात्मक मुलुकमा विचार मिल्ने दलहरु एक ठाउँ हुने सुविधा संविधान र ऐनले दिएको अवस्थामा सत्तापक्षले यस्तो टिप्पणी गर्न सुहाउंदैन’, विपक्षी दलहरु एक भएर चुनावमा जाने अधिकारको रक्षा गर्ने जिम्मेवारी सरकारको हो। उल्टै प्रतिपक्षको खेदो खन्ने काम सत्तापक्षबाट भएको छ। हाम्रो संविधानले समाजवाद उन्मुख संविधान भनेको छ। हाम्रो समाजवाद भनेको कानूनी शासन, बहुदलिय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन जस्ता सिद्धान्तमा आधारित छ। जसले यस्ता सिद्धान्तसहित संविधान बनायो, उही शक्तिले कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ भन्नु केटाकेटी कुरा हो। यस्तो कुरा कांग्रेसले उठाउन मिल्छ रु कांग्रेसका धेरै साथीभाइले म संग कांग्रेसी नेताका टिप्पणी र भाषणको गुनासो पोखेका छन्।’
वाम एकताप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति केटाकेटी कुरा भएको नेम्वाङको आरोप छ। ‘कम्युनिष्टहरु सत्तामा आए रुन र हाँंस्न पनि पाइदैन भन्ने प्रधानमन्त्रीज्यूको केटाकेटी कुरा सुने। हिजो अस्तिकै कुरा गरौँ न, स्थानीय तहमा वामपन्थीहरुले जिते। आज ति स्थानीय तहमा कांग्रेसको हालत के छ रु के त्यहाँ कसैले रुन र कसैले हाँस्न नपाएको अवस्था हो र रु कम्युनिष्ट पार्टीले चुनाव जित्ने भयो भन्ने त्रास किन रु’ नेम्वाङले प्रश्न गरे, ‘जिम्मेवार पार्टीले यस्तो त्रास मच्चाउन पाइन्छ रु’
एमाले र माओवादीबीच तत्काल पार्टी एकताको हल्ला पनि चलेको छ नि रु भन्ने प्रश्नको जवाफमा नेम्वाङले भने, ‘अहिलेसम्मको स्थिती भनेको चुनावमा वामगठबन्धनको सफल तालमेल भयो। सफल तालमेलकै आधारमा चुनावी परिणाम आउनेछ र त्यसपछि पार्टी एकता हुन्छ।’
गठबन्धनले आम जनतामा खुशी र उत्साह छाएको दाबी नेम्वाङले गरे। उनले केही व्यक्तिले गठबन्धनको विरोध गरेर केही नहुने प्रष्ट पारे। ‘आम जनता यो तालमेलले निकै नै खुसी छन। कार्यकर्तामा सुरुमा केही दुविधा र आशंका थियो। तर अहिले त्यस्तो स्थिति छैन। तालमेलको केही सानो संख्याका साथीहरुले विरोध गरे। त्यो पनि चुनावी कारण थियो, चुनाव हारिन्छ कि भन्ने। तर वामगठबन्धनले चुनावबाट राजनीतिक स्थिरता दिने र मुलुकलाई सम्वृद्धिको दिशामा लैजानेछ’, नेम्वाङले भने, ‘हामीले वामप्रगतिशील प्रजातान्त्रिक गठबन्धन बनाया, त्यसले राम्रो काम गर्‍यो। त्यसपछि कांग्रेसले पनि प्रजातान्त्रिक गठबन्धनको प्रयास गरेको छ। तराईमा राजपा र फोरम लोकतान्त्रिकको गठबन्धन बन्यो। यी सबै गठबन्धनको जनतामाझ छन्। अब जनताले जसलाई जिताउँछ, उसले सरकार र हार्नेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ। यसले राम्रो राजनीतिक संस्कार बसाउनेछ।’
कुराकानीकै क्रममा नेम्वाङले वाम गठबन्धनले बहुमतको सरकार बनाउने दाबी गरे। ‘एमालेले केही प्रदेशमा एक्लै पनि बहुमतको सरकार बनाउने दाबी थियो। त्यसमाथि गठबन्धन बनेपछि सातवटै प्रदेशमा सरकार बनाउने निष्कर्षमा पुगेका छौं’, नेम्वाङले भने, ‘केन्द्रीय सरकार निर्माणका लागि त सजिलो गरी बहुमत आउने विश्वास छ। हाम्रो गठबन्धनले राजनीतिक स्थिरता पश्चात मुलुकलाई सम्वृद्धिमा लाने छ।’
उनले पछिल्ला दिनमा उम्मेदवारको गाडीलाई लक्षित गरी बम प्रहार भएका विषयलाई भने स्वीकार गर्नै नसकिने बताए। ‘उम्मेदवारमाथि बम प्रहार भएको छ, त्यो कुनै पनि हालतमा स्वीकार्य छैन। यस्ता घटना कुनै एक व्यक्ति वा पार्टीमाथि मात्र होइन, सिंगो सिष्टम र निर्वाचन माथिकै प्रहार हो’, नेम्वाङले भने, ‘म त्यस्ता घटनामा संलग्न साथीहरुलाई यस्ता कार्य तुरुन्त रोक्न र सुरक्षाको प्रवन्ध गर्न सरकारसँग माग गर्दछु।’अन्नपुर्ण बाट ।