सम्पादकीय

राजनीतिमा अपराधीकरण हाबी



काठमाडौं २८ कार्तीक । मानवअधिकारको संरक्षण, संवद्र्धन र यसको परिपालनाका लागि निरन्तर क्रियाशील मानवअधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलनले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढेका कारण दण्डहीनताको अवस्था विकराल देखिएको र त्यसको अन्त्यका लागि व्यावहारिक प्रतिबद्धता जनाउन सम्बन्धित राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

२७ कात्तिक ललितपुरमा सम्पन्न मानवअधिकार रक्षकको सम्मेलनले २१ बुँदे घोषणापत्र जारी गर्दै यस्तो आग्रह गरिएको हो । जारी घोषणापत्रमा मानवअधिकार रक्षकको अन्तर्™ाष्ट्रिय घोषणा–१९९८, राष्ट्रिय मानवअधिकार आयोगद्वारा पारित मानवअधिकार रक्षकसम्बन्धी मार्गनिर्देशिका–२०६९ र मानवअधिकार सहकार्य तथा समन्वयसम्बन्धी निर्देशिका–२०६९ को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको छ । नेपाल सरकारले मानवअधिकारको क्षेत्रमा अन्तर्™ाष्ट्रिय रूपमा गरेको प्रतिबद्घतालाई धन्यवाद दिँदै सम्मेलनले अन्तर्™ाष्ट्रिय सन्धि सम्झौताअनुसारको राष्ट्रिय कानुन र प्रभावकारी संयन्त्र निर्माण र कार्यान्वयन आग्रह गरेको छ ।

नेपाल सरकारको मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वय नभएकाले प्रभावकारी कार्यान्वयन र स्थानीय तहसम्म संयन्त्र निर्माणका लागि आग्रह गर्दै मानवअधिकार आयोगबाट राष्ट्रिय कार्ययोजनाको प्रभावकारी अनुगमनका लागि आयोगलाई आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरू र सर्वोच्च अदालतको आदेश तथा मानवअधिकार आयोगको सुझाव तथा सिफारिस बमोजिम आवश्यक कानूनी व्यवस्था गर्दै संक्रमणकालीन न्यायका संयन्त्रहरूलाई थप प्रभावकारी रूपमा काम गर्न सम्मेलनले घोषणापत्रमार्फत आग्रह गरेको छ ।राजधानी मा समाचार छ ।