Banner News

कांग्रेसीहरुले नै भन्न थाले महेशको जित सुनिश्चित



भक्तपुर, १ मंसिर । अढाईवर्ष अघिको वैशाखमा भूकम्प जाँदा महेश बस्नेत उद्योग मन्त्री थिए । भूकम्पले मध्य नेपालका भूभागलाई त्राहिमाम बनाएका बेला उनी मन्त्री निवासमै बसेनन् । उद्दार र राहतका सामग्री बोकेर आफैं फिल्डमा खटिए । त्यसपछि अस्थायी वसोवास र पुनर्वासका लागि उनी भक्तपुर लगायत क्षेत्रका गाउँ गाउँमा खटिए ।
संविधानसभाको अघिल्लो चुनावमा भक्तपुर २ बाटै पराजित भए पनि उनी त्यहाँको विकास निर्माणको अभियानमा निकै सक्रिय भए । बस्नेतले अप्ठ्यारो बेलामा देखाएको सक्रियता र निर्वाह गरेको भूमिकाको असर अहिले उनको चुनाव प्रचारमा देखिएको छ । भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले युवा नेता बस्नेत भोट माग्दै घरदैलोमा हिंड्दा हरेक घरबाट मतदाताहरु नै अभियानमा सामेल हुने गरेका छन् ।
वस्नेतसँग चुनावी प्रतिस्पर्धामा कांग्रेसले खडा गरेका उम्मेदवार भक्तपुर भन्दा बाहिरको परेकाले र नेपालमाथि भारतले नाकाबन्दी लगाएका बेला त्यसको सक्रिय समर्थनमा रहेकाले यसपटक कांग्रेसका स्थानीय कार्यकर्ता पनि बस्नेतलाई जिताउन सक्रिय छन् । राजनीतिमा २५ वर्षदेखि निश्क्रिय रहेका दमननाथ ढुंगानालाई स्थानीय कार्यकर्ताको सिरफरिस विना नै कांग्रेसले उम्मेदवार बनाएपछि उनलाई भारतीय उम्मेदवार भन्नेहरुको संख्या अधिक छ ।

विहीवार बिहान बस्नेतसँगै सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा एमालेबाट प्रदेशसभाका उम्मेदवार शशीजंग थापा समेत घरदैलोमा थिए । उनीहरु आफ्नो घर आँगनमा आइपुग्दा स्थानीयले भव्य रुपमा स्वागत गरे ।
फूलखेतीका लागि प्रख्यात दधिकोटमा घरघरैबाट स्थानीयले फूलमाला लिएर बस्नेतको स्वागत गरेका थिए । स्थानीयले लगाइदिएको माला केहीबेर मात्रै पहिरेर बस्नेत मतदातालाई नै त्यहि माला पहिर्याउँदै हिंडेका थिए । बस्नेत चुनावी अभियान लिएर आएपछि युवादेखि ज्येष्ठ नागरिकसम्म विजयको शुभकामना दिंदै सहभागि भएका थिए ।
बस्नेतको टोली घरदैलोको पुग्दा अभियान ठूलो र्यालीमा परिणत भएको थियो । स्थानीय सहभागिहरुले नाचगान गर्दै बस्नेतको स्वागत गरेका थिए ।
बस्नेतले मतदातासँग भक्तपुरको मुहार फेर्नेगरि विकासको लहर ल्याउने, खानेपानी व्यबस्था, सडक निर्माण, आधुनिक समार्ट सिटीको निर्माण, घरघमा बैकल्पिक ऊर्जाको व्यबस्था लगायतका विभिन्न विकासका योजना अघि सारेका छन् । ‘मैले विकासको योजना लिएर भोट मागेको छु, मलाई युवादेखि ज्येष्ठ नागरिक समेतले गरेको माया, उहाँले दिनुभएको आशिर्वाद र घरघरबाट गरेको स्वागत देख्दा मेरो जित सुनिश्चित भयो भन्ने मलाई लागेको छ, विजयी भएपछि जनताको चाहना पुरा गर्छु’ वस्नेतले भने । उनको घरदैलो अभियानमा कांग्रेसका स्थानीय नेता समेत सहभागि छन् ।