काठमाडौं, ६ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईँहरू सबैलाई हवाई पत्र पठाउनेछु । तपाईँको घरघरमा त्यो हवाईपत्र आउँदैछ ।’
आफ्ना सम्बोधनमा उखानटुक्का, व्यङ्ग र गीत–कविताहरुको प्रयोगबाट ठट्टासमेत गर्ने ओलीको यो भनाइलाई त्यस्तै एउटा ठट्टाको रूपमा धेरैले बुझेका थिए । तर, साँच्चिकै गाउँगाउँका मतदाताका नाममा ओलीको तर्फबाट हवाईपत्र पुग्न थालेको छ। इन्टरनेटको प्रयोगले हस्तलिखित चिठीलाई समेत इतिहास बनाएको बेला ओलीको हस्ताक्षरसहितको पत्र गाउँगाउँमा पु¥याइएको छ । खासमा हवाई पत्र भनेको त्यस्तो पत्र हो, जुन बनिबनाउ खामसहितको कागजमा लेखिएको हुन्छ । १५–२० वर्षअघि प्रचलनमा रहेको यस्तो पत्रमा छुट्टै टिकट टाँस्नु पर्दैनथ्यो, छुट्टै खाम र कागजपनि चाहिन्नथ्यो। दुई पाने कागजलाई फोल्डिङ गर्न मिल्थ्यो, टिकट त्यसैमा हुन्थ्यो, पत्र पठाउने र पाउनेको नाम सहित चिठीमा केके लेख्ने हो, त्यसका लागि ठाउँ छुट्टयाएको पनि हुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्