Banner News

दलहरुको आन्तरिक सर्वेक्षणः कसले कति सिट ल्याउछ ?



काठमाडौ,७ मंसिर । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित–हारको चुनावी आकलन गरिरहेका छन् । मतदानको केहीदिन अघि पहिलो र दोस्रो चरणको चुनावबाट कति सिट जित्ने दलहरुले आकलन गरेका छन् ।

संविधान सभाको पहिलो र दोस्रो चुनाव र स्थानिय तहको चुनावको परिणामलाई लेखाजोखा गरेर दलहरुले जित्ने सिट संख्या तय गरेका छन् । यसलाई दलहरुले आन्तरिक सर्वेक्षणका रुपमा लिएका छन् । दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ । प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन् ।

नेकपा एमाले र माओवादी गठबन्धनले बहुमत ल्याउने दावी गरिरहेका बेला दुइटै दलले पनि छुट्टा छुट्टै सिटको मत आकलन गरेका छन् । स्थानिय तहको चुनावपछ सबेभन्दा ठूलो दल बनेको नेकपा एमाले एक्लैले १ सय भन्दा बढी सिट जित्ने दावी गरेको छ ।

प्रत्यक्षमा मात्रे वामगठबन्धनले १ सय १० को हाराहारीमा सिट ल्याउने आकलन छ । माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ । प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ क्षेत्र मध्ये ८० वटा क्षेत्रमा जित हात पार्ने दाबी गरेको छ । कांग्रेस नेता वालबृष्ण खाँडले पार्टीले आन्तरि मुल्याकन गरेको र विज्ञहरुलाई पनि बुझ्न लगाएको बताए । उनले कांग्रेस ८० भन्दा कम ठाउँमा नआउने दावी गरे । ‘६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिन्छ । ’ उनले भने । १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

एमाले नेता विष्णु रिमालले यसपटक कागठबन्धनको बहुमतको सरकार बन्ने र एमाललेले एक्लै बहुमत ल्याउने दावी गरे । ‘हामी कम्तिमा पनि सय सिट प्रत्यक्षमा ल्याउछौ’ उनले भने, ‘प्रत्यक्ष र समानुपाति गरि १ सय ६० जित्ने आकला छ हाम्रो ६५ माथिका लागि अहिले कसरत भइरहेको छ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् । माओवादी केन्द्रले पनि प्रत्यक्ष र समानुपाति गरि ५५ सिट जित्ने आकलन गरेको छ ।
नेपालपाटी