ताप्लेजुङ, ८ मंसिर । नेकपा एमालेका सचिवसमेत रहेका ताप्लेजुङ प्रतिनिधिससभाका उम्मेदवार योगेश भट्टराईले मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैको प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले शुक्रबार ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले निर्भयका साथ मतदान गर्न जिल्लाका मतदाताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल सरकार तथा सबै सुरक्षा निकायहरुलाई आग्रह गर्नुभयो । विभिन्न स्थानमा भएका विष्फोट र उम्मेद्वारमाथि भएका आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पनि उहाँले सकारसमक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्