Banner News

त्रिशुली बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुग्यो



चितवन १३ मसीर । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा धेरै जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।

बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट बुधबार बिहान सवा ९ बजे त्रिशूली नदीमा खसेको हो। पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाह हुन सकेको छैन।

७ जना मृतक मध्ये १ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह(१०, गोदाहका विक्रम पाण्डे रहेका छन्। उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ।

उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ।