सम्पादकीय

गालीगलौजमा प्रतिस्पर्धा



काठमाडौं १५ मसीर । चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक(अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले(अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।
एमाले(माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप(प्रत्यारोप हुन थालेको हो । चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप(प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।
मनोविश्लेषक प्रोफेसर डा। शिशिर सुब्बा ५०÷६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् । ‘अहिले आइडियोलोजी विचार कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले अन्नपूर्णसँग भने, ‘पढे(लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’ अन्नपुर्ण बाट ।