Banner News

महेशले ढुंगानालाई दोब्बर मतले पाखा लगाए संगै नेमकिपा बडारियो



भक्तपुर २४ मसीर । भक्तपुर २ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

एमाले अध्यक्ष केपी ओली निकट मानिने बस्नेतले ३६ हजार ४१२ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ढुंगानाले १८ हजार ६८५ मत प्राप्त गरे।

विजयी बस्नेत पूर्वमन्त्री हुन् भने पराजित ढुंगाना पूर्व सभामुख हुन्। बस्नेतले भारी मतले ढुंगानालाई पराजित गरेसंगै उता,नेमकिपा लगभग सो क्षेत्रबाट बडारिएको अवस्थामा पुगेको छ । सोचे भन्दा नेमकिपाले सो क्षेत्रमा अत्यन्तै कम मत ल्याएपछि आम मतदाताहरु नेमकिपाको मतको खोजीमा लागेको चर्चा छ । नेमकिपाले सो क्षेत्रमा ५४७१ ल्याएको छ भने विबेकशिल पार्टीले १७८४ मत ल्यायो ।