Banner News

भाबी सरकार गठनबारेओली र दाहालबीच छलफल



काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनको परिणामपछिको विकसित राजनीतिक अवस्था, सरकार निर्माण र राष्ट्रियसमा सम्बन्धि अध्यादेश लगायतका बिषयमा छलफल भएको छ ।

दुबै नेताबीच शुक्रबार भएको भेटवार्तामा नयाँ मन्त्रिमण्डल र राष्ट्रियसभा गठन सम्बन्धमा नेपाली कांग्रेसबाट भइरहेको अवरोधवारेमा छलफल भएको श्रोतले बताएको छ । निर्वाचनबाट वाम गठबन्धनले प्रष्ट जनमत प्राप्त गरेको बेला जनताको मत र भावना बिपरित तत्काल सरकार छाड्नुको साटो प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोध सृजना गरिरहेको वारेमा पनि दुई नेताबीच कुरा भएको छ ।

श्रोतका अनुसार, जनमतको सम्मान गर्दै अघि बढ्ने र प्रजातान्त्रिक प्रक्रियालाई अघि बढाउनका निम्ति कुनै बाधा व्यवधान खडा नगर्न कांग्रेसलाई आग्रह गर्ने बारेमा पनि छलफल भएको थियो ।