Banner News

नयाँ सरकार गठन छिट्टै : ओली



भक्तपुर २ मसीर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माण प्रक्रिया केही दिनपछि नै सुरु हुने बताएका छन् । नयाँ सरकारले सबैलाई सम्मानपूर्वक अवसर सिर्जना गर्ने बताउ“दै उनले देश समृद्ध बनाउन नयाँ सरकार दिगो हुने दाबीसमेत गरेका छन् । बालकोटस्थित निवासमा शुक्रबार मुस्लिम समुदायसँग भेट गर्दै ओलीले नेपालमा अल्पसंख्यकको बसोबास रहेकाले सबैले एकजुट भएर देश समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए । ‘विभिन्न जातजाति, धर्म, भाषाभाषी बोल्ने यहाँ छन्,’ उनले भने, ‘सबैले सम्मानपूर्वक बस्ने वातावरण सिर्जना गर्न अबको सरकार लागिपर्छ, देश निर्माणमा सबैले होस्टेमा हैसे गर्नुपर्छ ।’

वाम गठबन्धनको पक्षमा मुस्लिम समुदायले गरेको विश्वासलाई आफूले मर्न नदिने प्रतिबद्धतासमेत ओली जनाए । ‘देश निर्माणमा सबै जात, धर्म मान्ने समुदायको एकता आवश्यक छ,’ उनले भने, ‘मदरसा विकास, हज व्यवस्थित गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ ।’

भौतिक संरचना निर्माणसमेत गुणस्तरीय बनाउन पहल गरिने बताउ“दै उनले अबको सरकारले नयाँ ढंगबाट दिगो विकासका लागि भूमिका खेल्ने उल्लेख गरे ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अध्यक्ष तथा एमालेबाट समानुपातिक उम्मेदवार समिम मियाँ अन्सारीले ओलीलाई बधाई दि“दै मुस्लिम समुदाय राष्ट्रियतालाई बलियो बनाउन दिलोज्यान दिएर लागिपर्ने बताए ।

नेपाल जामे मस्जिद अध्यक्ष अब्दुल समिमले नेपालीमा लेखिएको कुरान उपहारस्वरूप ओलीलाई प्रदान गरे । कुरान लि“दै ओलीले भने, ‘नेपालीमा मैले खोजेको थिए“, पाए“, म पढ्छु ।’सोही अवसरमा सचिव मन्सुर हुसेन, मुस्लिम अगुवा राजमोहमद अन्सारी, मदरसा स्लामिया“ स्कुल अध्यक्ष डा। रहमत खान उपस्थित थिए । राजधानीमा समाचार छ ।