Banner News

अकस्मातः चार नेता बोकेर किन गए एमाले अध्यक्ष ओली रसुवा



काठमाडौ,४ पुस। पार्टीका प्रभावशाली नेताहरु बोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाङटाङ पुगेका छन् । पार्टीभित्र आफु निकट र योजनाकार मानिने चार नेता बोकेर उनी सुरुवाको लाङटाङ पुगेका छन् ।

मंगलबार विहान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ तर्फ लागेका छन् ।

भावी प्रधानमन्त्री ओलीले सरकार निर्माण र माओवादी केन्द्रसँगको पार्टी एकताका बिषयमा आफु निकट नेताहरुसँग गहिरो छलफल गर्न लाङटाङतिर लागेको स्रोतले बताएको छ । एमाले महाधिबेशनयता ओलीका मुख्य राजनीतिक योजनाकार महासचिव पोखरेल, उपमहासचिव पौडेल, स्थायी कमिटी सदस्य नेम्वाङ र पोखरेल रहदै आएका छन् ।